४ वटा कम्पनीको ११.५९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दे एनआईसी एशिया बैंक, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४ वटा कम्पनीको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले सूर्योदय वोमी लघुवित्तको ५१ हजार ५०८ कित्ता,सीआईटीको ५० हजार कित्ता,निफ्राको ९ लाख ६५ हजार कित्ता र सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता गरी कुल ११ लाख ५९ हजार १५४ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।