जोशमा होस गुमाएका उर्जा उत्पादक: सेबोन अध्यक्षमाथिको आरोप प्रमाणित गर्न नसक्दा अप्ठेरो, अख्तियारले छानी-छानी लिँदैछ बयान
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि आधारहीन आरोप लगाएका उर्जा उत्पादकहरुलाई अन्ततः आफ्नै बोली गलपासो बन्न थालेको छ । सेबोन अध्यक्षले बिचौलियाहरु खटाएर आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुबाट ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको संगीन आरोप लगाएका केही उर्जा उत्पादकहरु आफ्नै बोलीका कारण फस्ने परिस्थिति निर्माण भएको बुझिएको छ ।...