कारोबार बढेपनि नेप्से परिसूचक भने घट्यो, फाइनान्स समूहमा देखियो आकर्षण
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १२.६० अंकले घटेर २ हजार ६६१.०८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४८.६३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता...