५ दिनपछि नेप्सेमा झिनो सुधार, अन्य र हाईड्रो समूहमा आकर्षण
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात १.०३ अंकले बढेर २ हजार ६११.४३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४४०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८ अर्ब ७४...