मनी फ्लो इन्डेक्समा ९० को तहमा पुग्यो नेप्से, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । आज दिनभर तल÷माथि गरेको सेयर बजार अन्त्यमा झिनो अंकले बढेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज कारोबार पनि घटेको छ । प्राविधिक रुपमा बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा नेप्से बोलिङ्गरको अपर ब्याण्डसँगै हिडेको छ । मनी फ्लो इन्डेक्समा भने बजार हाल ९० को तहमा पुगेको छ । अन्य इन्डिकेटर भन्दा मनी फ्लो इन्डेक्स बढी विश्वासिलो मानिन्छ । किनकी यसले प्राइस र...