लाभांश नदिने निर्णय गरेको धौलागिरी लघुवित्तले डाक्यो साधारण सभा
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको संस्थाले आगामी फागुन १० गते बाग्लुङ नगरपालिकामा रहेको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । संस्थाको मंसिर २९ गते...