IME remit
  • शुक्रबार, कार्तिक १६,२०८१ 06:03:37
नेप्सेमा १.२२ खर्बको धितोपत्र सूचीकृत, आईपीओ मात्रै रु. ८५ अर्ब
STOCK MARKET

नेप्सेमा १.२२ खर्बको धितोपत्र सूचीकृत, आईपीओ मात्रै रु. ८५ अर्ब

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ खर्ब रुपैयाँ बढीको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा १ खर्ब २२ अर्ब २१ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको हो ।  जसमा ८४ अर्ब ९९ करोड बराबरको साधारण सेयर (आईपीओ),१९ अर्ब ४० करोड रुपैयाँ बराबरको बोनस सेयर, १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ...

धितोपत्र बजार पूँजीकरण १३.९५% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.१ %
STOCK MARKET

धितोपत्र बजार पूँजीकरण १३.९५% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.१ %

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ३२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धितोपत्र बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।  गत वर्षको यसै अवधिसम्म बजार पूँजीकरण २८ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा बजार पूँजीकरण १३.९५ प्रतिशतले वृद्धि भएको हो ।  त्यस्तै, नेप्से सूचकाङ्क २०८०...

सूर्यकुण्ड हाइड्रोले १३.७९ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
STOCK MARKET

सूर्यकुण्ड हाइड्रोले १३.७९ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियबासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा...

सिटिजन लाइफको सेयर कारोबार फुकुवा
STOCK MARKET

सिटिजन लाइफको सेयर कारोबार फुकुवा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले वैशाख २८ गते को निर्णयानुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।  कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने उल्लेख गर्दै धितोपत्र कारोबार फुकुवा गरिदिन आग्रह गर्दै गत वैशाख २६ गते नेप्सेलाई पत्र...

दोर्दी खोला जलविद्युतको नाफामा ६५% को गिरावट, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

दोर्दी खोला जलविद्युतको नाफामा ६५% को गिरावट, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको नाफा ६५.१६ प्रतिशतले घटेको छ  । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म २५ करोड ३६ लाख रुपैयाँ कुल...

ओरियण्टल होटल्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुन सूचकमा कति अब्बल ?
STOCK MARKET

ओरियण्टल होटल्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुन सूचकमा कति अब्बल ?

काठमाण्डौ । ओरियण्टल होटल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ९.९१ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले...

इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
STOCK MARKET

इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । इन्टरनेशनल हिमालयन हस्पिटालिटि एण्ड होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको वैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत...

श्रृजनशील लघुवित्तको मुनाफामा ३२०% को उछाल, ईपीएसमा पनि छलाङ
STOCK MARKET

श्रृजनशील लघुवित्तको मुनाफामा ३२०% को उछाल, ईपीएसमा पनि छलाङ

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२०.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज...

अपि पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानीमा भने १६६% को उछाल
STOCK MARKET

अपि पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानीमा भने १६६% को उछाल

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी बढेपनि नाफामा भने गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.९३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८३ करोड १८ लाख रुपैयाँ खुद...

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट
STOCK MARKET

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ३६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी...

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १५५.७९...

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १००.५३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको...

शिखर इन्स्योरेन्सको नाफा २६.२३% ले वृद्धि, ईपीएस पनि बढ्यो
STOCK MARKET

शिखर इन्स्योरेन्सको नाफा २६.२३% ले वृद्धि, ईपीएस पनि बढ्यो

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा २६.२३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन...

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?
STOCK MARKET

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएको साढे ४ महिना बितिसकेको छ । ४ महिना बितिसक्दा पनि हालसम्म बोर्ड अध्यक्ष चयनको काम अघि बढ्न सकेको छैन । गत पुस २० गते तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल बाहिरिए पछि बोर्ड निमित्त नवराज अधिकारीको भरमा चलिरहेको छ । सरकारले बोर्ड अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठको...

यो साता सर्वाधिक कमाउने १० कम्पनीमा लघुवित्तको दबदबा, कसका लगानीकर्ताले कमाए कति ?
STOCK MARKET

यो साता सर्वाधिक कमाउने १० कम्पनीमा लघुवित्तको दबदबा, कसका लगानीकर्ताले कमाए कति ?

काठमाण्डौ । यो साता बजार घटेता पनि लघुवित्तका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । घट्दो बजारमा लगानीकर्ताको आकर्षण लघुवित्तमा देखिएको छ । चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनमा धेरैजसो लघुवित्त कम्पनीको आर्थिक अवस्था सुधारिएको देखिएको र लगानीकर्ताले सेक्टर परिवर्तन गर्दै लगानी गर्ने गरेकाले धेरैजसो लघुवित्तको सेयरमुल्य यो साता बढेको छ ।  यो साता सर्वाधिक...

भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ५७.६२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य अन्तिम...

यो साता सपोर्ट जोनमा बने रिभर्सल प्रकृतिका क्याण्डल, कस्तो रहँला आगामी साता ?
STOCK MARKET

यो साता सपोर्ट जोनमा बने रिभर्सल प्रकृतिका क्याण्डल, कस्तो रहँला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन बढ्यो । अघिल्लो साता १९९८ अंकमा बन्द भएको बजार यो साता १९६६.२३ मा बन्द भयो । यस हिसाबले यो साता समग्रमा सेयर बजारमा ३२.५३ अंकको गिरावट आयो । अघिल्लो साता ३३.०३ अंकले बजारमा सुधार आएको थियो ।  यो साता दोस्रो बजारमा १४.४९ अर्बको कारोबार भयो । अघिल्लो साता बजारमा १४.५७ अर्बबराबरको कारोबार भएको थियो ।...

सेबोनद्वारा आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव माग
STOCK MARKET

सेबोनद्वारा आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव माग

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी राय÷सुझाव माग गरेको छ । सेबोनको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दे यस्तो माग गरेको हो । उक्त सूचनामा धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षा अनुरुप बजार पूर्वाधारको...

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८% को पहिरो, खराब कर्जा अनुपात १२.५८%

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आम्दानी र नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.४८ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा पनि घटेको छ । खुद...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.