नेप्सेले डाउ थेउरीमा बनायो ‘नयाँ हायर हाई’, २ सातामा डेढ सय अंकको बढोत्तरी
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता पनि बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २११९ को विन्दुमा बन्द भएको बजार यो साता २२०४.६१ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ८४.९१ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजारमा ६७.७८ अंकको बढोत्तरी आएको थियो । यो साता दोस्रो बजारमा २८ अर्ब ९३ करोडको कारोबार भयो । अघिल्लो साता बजारमा २२ अर्ब ७५...