कतार एयरवेजको नाफा ३९% ले बढ्यो, आम्दानी ८१ बिलियन रियाल पुग्यो
काठमाण्डौ । कतार एयरवेजको नाफामा ३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले मंगलबार वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै ६.१ बिलियन कतारी रियाल(१.६७ बिलियन डलर) बराबरको रेकर्डतोड नाफा आर्जन गरेको जनाएको छ । यस्तै कम्पनीको आम्दानी पनि ६ प्रतिशतले बढ्दै ८१ बिलियन रियाल पुगेको छ । सरकारी स्वामित्वको कतार एयरवेजले ८३ प्रतिशत क्षमताका साथ ४ करोड यात्रु बोकेको रिपोर्टमा उल्लेख गरेको छ...

