युरोपेली युनियनद्वारा चिनियाँ ईभीमा ३८% सम्मको भन्सार शुल्क लगाउने निर्णय
काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले चिनियाँ ईभी गाडीहरुमा भारी भन्सार शुल्क लगाउने भएको छ । युरोपेली नेताहरुले चिनियाँ अटो युरोपेली बजारका लागि खतरा बन्न सक्ने आकँलन गर्दै चीनबाट आयात हुने ईभी गाडीहरुमा ३८ प्रतिशतको भारी भन्सार शुल्क लगाउने निर्णय गरेका हुन् । यो नयाँ भन्सार शुल्क आगामी जुलाई ४ देखि लागू हुनेछ । ईयुले चीनबाट सरकारी अनुदानमा निर्माण भईरहेका सस्ता कारहरु...

