काठमाण्डौ । भारतमा लोकसभा निर्वाचनको ताजा मतपरिणामपछि प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नेतृत्वको मन्त्रीपरिषद्का विभिन्न मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । गठबन्धनको सरकारमा योपटक नयाँ र युवा अनुहार समेत मन्त्रीको रुपमा देखिएका छन् ।
यी मन्त्रीहरुमध्ये एकजना मन्त्रीको नाम विशेष छ । योपटक मोदी क्याबिनेटमा सबैभन्दा कान्छो मन्त्रीको रुपमा राममोहन नायडूले जिम्मेवारी सम्हाल्दै छन् । नायडू अहिले आफ्नो उमेर र सम्पत्तिका कारण चर्चामा छन् ।
लोकसभा निर्वाचनमा किंगमेकरको रुपमा उदाएको तलेगु देशम पार्टी(टीडीपी)का नेता राम मोहन नायडू मोदी सरकारको तेस्रो कार्यकालयको सबैभन्दा कम उमेरको मन्त्री बन्न लागेका छन् । राम मोहनलाई पार्टीका अध्यक्ष तथा आन्ध्र प्रदेशको मुख्यमन्त्रीको मुख्य दाबेदार चन्द्रबाबु नायडूको खास व्यक्तिको रुपमा लिइन्छ । राम मोहन नायडूको उमेर केवल ३६ वर्ष मात्रै छ । उनका बुवा अर्थात टीडीपीको नेता येरन नायडू पनि पूर्व कन्द्रीय मन्त्री हुन् ।
माइनेता डटकम इन्फोमा लोकसभा निर्वाचनमा भारतको निर्वाचन आयोगलाई प्रदान गरिएएको जानकारी अनुसार राममोहन नायडूको कुल सम्पत्ति २३.३० करोड भारुबराबर रहेको छ । साथै उनीसँग २ करोड भारुको दायित्व पनि छ ।
राम मोहन नायडूको सेयर बजारमा समेत ठूलो लगानी रहेको छ । उनको पोर्टफोलियोमा एक्सिस बैंक, चेचोन,इन्फि,टाटा स्टिल टीएससी,जिल जस्ता कम्पनीहरुको सेयर छ । सेयर बजारमा उनले १.१० करोड भारुभन्दा बढी लगानी गरेका छन् ।
नयडू र उनको परिवारका सदस्यको नाममा ३ करोड भन्दा बढी रकम रहेको भारतीय मिडियाले बताएका छन् । यसका साथै उनीसँग १.२६ करोड भारुबराबरको जमीन र ४ करोडभन्दा बढी मूल्य पर्ने आलिसान घर समेत रहेको छ ।