भारत–पाकिस्तान तनाबबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक आज बस्दै
काठमाण्डौ । पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । यस बढ्दो तनावबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक आज मे ५ मा बस्दैछ ।समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार सुरक्षा परिषदले पाकिस्तान र भारतबीचको वर्तमान अवस्थाका बारेमा ‘बंद कोठा’मा छलफल गर्नेछ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        