भारतको केन्द्र सरकारले ७५००० करोड भारु बराबरको ऋण ५० वर्षका लागि बिनाब्याज दिने
काठमाण्डौ । निर्मला सितारमणले मोदी नेतृत्वको सरकारको दोश्रो कार्यकालको अन्तिम तथा पूर्णकालीन महिला वित्तमन्त्रीको रुपमा आज(बिहीबार) आफ्नो छैठौं बजेट पेश गरिन् । चुनावी वर्ष भएका कारण यो पूर्ण बजेट भने होइन, यसलाई अन्तरिम बजेटको रुपमा बुझ्नुपर्छ । बजेट भाषण गर्ने क्रममा वित्तमन्त्री निर्मला सितारमणले ५० वर्षका लागि केन्द्र सरकारले राज्य सरकारहरुलाई ७५००० करोड भारु...