अमेरिकाले स्मार्टफोन र कम्प्युटरमा दिएको ट्यारिफ छुट अस्थायी
काठमाण्डौ । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले स्मार्टफोन र कम्प्युटरलगायत अन्य विद्युतीय सामानहरूलाई पारस्परिक ट्यारिफबाट दिइएको छुट अस्थायी भएको बताएका छन् । लुटनिकले यस्तो शुल्कहरू छुट्टै सेमिकन्डक्टर ट्यारिफ अन्तर्गत योजना गरिएको बताए। यो पछि घोषणा गरिने उनले बताएका छन्।

