अष्ट्रेलियामा बढ्यो बेरोजगारीदर, ब्याजदरको निर्णय प्रभावित हुन सक्ने
काठमाण्डौ । अष्ट्रेलियामा बेरोजगारीदर बढेको छ । जुन महिनामा अष्ट्रेलियामा बेरोजगारीदर ४.१ प्रतिशतले बढेको अष्ट्रेलियाको राष्ट्रि तथ्यांक विभागले जनाएको छ । यो अवधिमा अष्ट्रेलियामा जम्मा ५० हजार नयाँ रोजगार थपिएको छ । जसमा फुल टाइम काम गर्ने ४३ हजार र पार्ट टाइम काम गर्ने ६ हजार ८ सय रहेका छन् । गत मे महिनाको अष्ट्रेलियाको बेरोजगारीदर ४ प्रतिशत थियो ।

