मस्कले लगाए जुकरबर्गमाथि बाल शोषणलाई बढावा दिएको आरोप, पक्राउ गर्न माग
काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले मेटाका संस्थापक मार्क जुकरबर्गमाथि बाल शोषणलाई बढावा दिएको गम्भिर आरोप लगाएका छन् । मस्कले यसका साथै उनलाई पक्राउ गर्न समेत माग गरेका छन् । सामाजिक सञ्जालमार्फ मस्कले यदि अमेरिकी सरकारले टेलिग्रामका सीईओ पावेल दुरोभको गिरफ्तारीलाई सही मान्छ भने जुकरबर्गलाई किन खुलेआम छाडिएको छ ? भनेर प्रश्न गरेका छन् ।

