मार्क जुकरबर्गको सम्पत्ति २ सय अर्ब डलर नाघ्यो, मेटाको सेयरमूल्यमा ६४% को वृद्धि
काठमाण्डौ । मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति २ सय अर्ब डलर नाघेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गको सम्पत्ति २०१ अर्ब डलर पुगेको हो । यससँगै उनी विश्वको धनाढ्यको सूचीमा चौथो स्थानमा रहेका छन् । यो वर्ष मात्रै जुकरबर्गको सम्पत्ति ७३.४ अर्ब डलरले बढेको छ ।

