आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो
काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.१९ प्रतिशत कम हो । अघिल्लो आवको को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड ७६ लाख रुपैयाँ थियो ।

