५८ नं. ब्रोकरले कारोबारको अन्तिम मिनेटमा जब खेल देखायो....
काठमाण्डौ । अन्तिम मिनेट जहिले पनि रोचक हुन्छ । चाहे त्यो फिल्म होस्, खेल वा सेयर बजार नै किन नहोस् । अझ पछिल्लो समय नेपालको सेयर बजारमा त जे हुन्छ अन्तिम मिनेटमै हुन्छ भन्ने भाष्य स्थापित हुन थालेको छ । सोमबारको सेयर कारोबार पनि अन्तिम मिनेट भने निकै रोचक देखियो । दिनभर सामान्य अंकले तलमाथि गरेर चलेको सेयरबजार अन्तिम एक मिनेटमा रोचक तरिकाले करिब १५ अंकले बढाइयो । यसरी अन्तिम...

