युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४० हजार ५६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

