हिमालयन लाइफको एजीएमः नयाँ सञ्चालक चयन, सेयरधनीलाई राम्रो प्रतिफल दिने उद्घोष
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । सो बार्षिक साधारण सभा साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भए पश्चातको पहिलो भएको कम्पनीले जनाएको छ ।