९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, २ पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ०.४० अंकले घटेर २ हजार ९८ विन्दु कायम भएको छ । नेप्सेमा सूचीकृत ३१० वटा कम्पनीको १ करोड १८ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।