६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा हिमालयन लाइफ
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये माइक्रोफाइनान्स र अन्य समूहमा मात्रै हरियाली छाएको छ भने ११ समूह राताम्य भएका छन् । बीमा...

