‘कुमारी सबल योजना’ को बिक्री खुला अवधि थप, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई कोसार्वजनिक निष्कासन तथा बिक्री खुला अवधि थप गरिएको छ । यो योजनाको इकाई बिक्री छिटोमा फागुन २ गते हुने तय गरिएको थियो । तर अब यो योजनामा फागुन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

