अपर तामाकोशी हाईड्रोपावर २५.७६ करोड घाटामा,रिटेन्ड अर्निङ ७.५७ अर्बले ऋणात्मक
काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २५ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा गत वर्षको सोहि अवधिको तुलनामा ६८.७६ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको घाटा ८२ करोड ४८ लाख रुपैयाँ थियो ।

