भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ५७.६२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य अन्तिम...

