स्वरोजगार लघुवित्तको नाफामा ४०% को बढोत्तरी, खराब कर्जा अनुपात घट्यो
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.३० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानीमा भने ०.४५ प्रतिशतको झिनो बढोत्तरी भएको छ । संस्थाले २६...

