वर्तमान अर्थतन्त्रको संकटलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल
काठमाण्डौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान अर्थतन्त्रको संकटलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।सोमबार अर्थमन्त्रालयमा नेपाल होटल संघका पदाधिकारीसँगको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी केही दिनभित्रै मौद्रिक नीति आउने बताएका हुन्।