बढ्दो मनसुनसँगै काठमाण्डौ वरपर हेलिकोप्टर उडानमा रोक
TRENDING
काठमाण्डौ । नेपाल सरकारले असार २५ गते २१ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन, र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो। यी ट्रेजरी बिलको बोलकबोल असार २४ गते दिउँसो ३ बजे हुनेछ। कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँ, ९१ दिनको लागि ८ अर्ब रुपैयाँ र १ वर्षका लागि ८ अर्ब ६० करोड रुपैयाँबराबरको...
काठमाण्डौ। सोमबार असार (भोलि) २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी...
काठमाण्डौ। आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो।
हाल बजारमा तीन आकारका अण्डा पाइन्छन्। जसमा मध्यम, ठूलो र एक्सेल गरी बजार तीन आकारका अण्डा उपलब्ध छन्। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ। पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ। मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको हो।
काठमाण्डौ। यस वर्षको जनवरीदेखि जुनसम्म विश्वभरका ३ सय ४४ कम्पनीले ९९ हजार ६७० कर्मचारीलाई निकालेका छन्। अचानक जागिर गुमाउनुले मानसिक र आर्थिक समस्या निम्त्याउँछ। तर यदि वित्तीय योजना पहिले नै बनाइएको छ भने, तपाइँको जागिर गुमाउनु र अर्को काम पाउन बीचको चुनौतीहरुलाई कम गर्न सक्नुहुन्छ। परिवारलाई तनावबाट पनि टाढा राख्न सकिन्छ।
काठमाण्डौ। पछिल्ला केही दिनहरुमा एचडीएफसी बैंक,आईसीआईसीआई बैंक, क्यानरा बैंक र येस बैंक जस्ता धेरै ठूला बैंकहरूले आफ्नो फिक्स्ड डिपोजिट (एफडी) ब्याजदरहरू परिवर्तन गरेका छन्। तपाई आफूले कमाएको रकम बैंकमा राख्ने सोचमा हुनुहुन्छ भने तपाईलाई खुशीको खबर छ।
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नवलपुरस्थित कावासोती हस्पिटलबिच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।उक्त समझदारी पत्रमा हस्ताक्षर भइसकेपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन्।
काठमाण्डौ। ओमोडा गाडीको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले नेपालगञ्जको करकन्दोमा नयाँ आधिकारिक डिलरसिपको उद्घाटनसगैँ सार्वजनिक गरिएको छ।१०० जनाभन्दा बढीको सहभागीतामा नयाँ डिलरसिप गाडीको उद्घाटन गरिएको एसपिजी अटोमोबाइल्सले एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले बताए।
काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले उक्त कम्पनीको कारोबार रोक्का गरेको हो।
काठमाण्डौ। ६० भन्दा बढी स्टार्टअपले दुई करोड बढी कर्जा पाएका छन्। जसमा सरकारले स्टार्टअप कम्पनीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको जनाइएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ फर्म तथा कम्पनीलाई कर्जाका लागि सिफारिस गरेकोमा तीी कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा उपलब्ध गराइरहेको बताइएको छ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने बताएका हुन् । उक्त अवसरमा...
काठमाण्डौ । गत शुक्रबारदेखि देशव्यापी रुपमा आईरहेको अविरल वर्षाले बितण्डा मच्चाउन थालेको छ । अविरल वर्षसँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाले ज्यान गुमाईसकेका छन् । बाढी पहिरो र डुबानमा परी हालसम्म ३ जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा स्याङ्जामा ३, पर्वतमा २, काठमाण्डौ पाल्पा दाङ र उदयपुरमा १÷१ जना, काभ्रेपलाञ्चोकमा २ र...
काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ÷संस्थालाई पुरस्कृत गरेको छ । महासंघले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ/संस्थालाई पुरस्कृत गरेको हो । असार २२ गते अन्तर्राष्ट्रिय सहकारी...
काठमाण्डौ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेकाले उक्त तथ्य देखिने गरी विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघद्वारा शनिबार आयोजित १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राज्य अन्तर्राष्ट्रिय सहकारी दिवस र ३१ औं राष्ट्रिय सहकारी महासंघ...
काठमाण्डौ । देशैभर निरन्तर भई्रहेको अविरल वर्षका कारण नेपाली भान्सा महङ्गिएको छ । निरन्तरको अविरल वर्षाका कारण ढ्वानी सेवामा अवरोध उत्पन्न हुँदा तरकारीको मूल्य बढेको छ । यसले नेपाली भान्सा प्रभावित बनेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । आज नेपाली गोडभेडा(ठूलो)को अधिकतम प्रतिकेजी मूल्य...
काठमाण्डौ । देशैभर निरन्तर भई्रहेको अविरल वर्षका कारण नेपाली भान्सा महङ्गिएको छ । निरन्तरको अविरल वर्षाका कारण ढ्वानी सेवामा अवरोध उत्पन्न हुँदा तरकारीको मूल्य बढेको छ । यसले नेपाली भान्सा प्रभावित बनेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । आज नेपाली गोडभेडा(ठूलो)को अधिकतम प्रतिकेजी मूल्य...
काठमाण्डौ । शेखर कोइराला समूहले सक्रियता बढाएसँगै नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेर अब बन्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमै गठन हुने प्रतिबद्धता व्यक्त गरेको छ । शनिवार पार्टी संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ ।
काठमाण्डौ । राष्ट्रिय राजनीतिमा फरक परिदृश्यहरु विकास हुने प्रशस्त संकेतहरु देखिएका छन् । जारी राजनीतिक खेलहरुले प्रतिनिधिसभाका दुई ठूला शक्ति नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति भङ्ग हुने र नाटकीय ट्वीस्टहरु आउनसक्ने जोखिम देखिएको छ । विशेष गरी नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूह एकाएक राजनीतिमा नयाँ ट्वीस्ट ल्याउन सक्रिय देखिएपछि नयाँ घटनाक्रम तथा...
काठमाण्डौ। बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ।सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.