घुस रकम ‘कन्भर्ट’ गरेर जग्गा किनेको आरोप, सहसचिव अधिकारीविरुद्ध मुद्दा
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिएको तथा सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) गरेको आरोपमा राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक तथा सहसचिव झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

