जाजरकोटमा पहिरोः १० जना घाइते, तीन जना सम्पर्कविहीन
काठमाण्डौ । भेरी नगरपालिका–२, रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्। बिहीबार दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो।पहिरोका कारण घर तथा टहरा भत्किएको र मानव बस्ती जोखिममा परेको सूचना पाएपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको...

