दुई वर्गकिलोमिटरको देश, १५ हजारभन्दा बढी मिलियनेयर : मोनाकोमा धनाढ्यको घुइँचो !
काठमाडौँ । भूमध्यसागरको किनारमा रहेको मोनाको क्षेत्रफलमा सानो छ, तर धनाढ्य बासिन्दा, महँगा घर, विलासी जहाज र विश्वप्रसिद्ध मोटर रेसका कारण यसको चर्चा ठूलो छ। फ्रान्सले घेरेको यो देश इटालीको सीमाबाट पनि नजिक पर्छ। मोनाकोको क्षेत्रफल करिब २.०८ वर्गकिलोमिटर छ। सन् २०२५ मा यहाँको जनसंख्या ३८ हजार ८५७ रहेको सरकारी तथ्यांक छ।

