न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
काठमाण्डौ । चितवनमा न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार वटा खाद्य उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरेको हो।पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एन्ड बेभरेज विरुद्ध मात्रै दुई वटा मुद्दा दर्ता गरिएको छ भने अन्य...

