एलआईसी नेपालको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासनको बिक्री आवेदन खुल्ला गरेको छ। कम्पनीले चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गरेको हो । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक ८ गतेसम्म...