सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा सानिमा जिआइसी
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह १.३४...