शनिबार, मंसिर ८,२०८१ 07:59:34
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 07:59:34
नेप्सेमा दोहोरो अंकको गिरावट,जानकार भन्छन्,‘आईपीओको पैसा फिर्ता भएपछि बढ्छ बजार’
STOCK MARKET

नेप्सेमा दोहोरो अंकको गिरावट,जानकार भन्छन्,‘आईपीओको पैसा फिर्ता भएपछि बढ्छ बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिारवट आएको छ । आज नेप्से परिसूचक ११.७८ अंक अर्थात ०.५९ प्रतिशतले घटेर १ हजार ९६०.३० विन्दुमा झरेको छ ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ३४९.७३१९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा कम्पनीका ५५ लाख ७४ हजार २०७ कित्ता सेयर २...

हिमालयन रि इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश वितरण तथा ८०% हकप्रद निष्कासनको प्रस्ताव पारित
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश वितरण तथा ८०% हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको तेस्रो वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा सम्पन्न भएको हो ।  

लोअर ईखुवा हाईड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन
STOCK MARKET

लोअर ईखुवा हाईड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन

काठमाण्डौ । लोअर ईखुवा हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै फागुन ११ गते आवेदन दिएको हो ।  

हकप्रद निष्कासनका लागि पिपुल्स पावरले पायो विद्युत नियमन आयोगबाट अनुमति
STOCK MARKET

हकप्रद निष्कासनका लागि पिपुल्स पावरले पायो विद्युत नियमन आयोगबाट अनुमति

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।  

दुई बीमा र एक लघुवित्तको साधारण सभा आज बस्दै,लाभांश वितरण र हकप्रद निष्कासनसम्मको प्रस्ताव पारित हुने
STOCK MARKET

दुई बीमा र एक लघुवित्तको साधारण सभा आज बस्दै,लाभांश वितरण र हकप्रद निष्कासनसम्मको प्रस्ताव पारित हुने

काठमाण्डौ । आज दुई बीमा र एक लघुवित्त कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । आज हिमालयन रि इन्स्योरेन्स,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको साधारण सभा आयोजना हुन लागेको हो ।  हिमालयन रि इ्रन्स्योरेन्सको आज हुन लागेको तेस्रो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत...

इन्फिनिटी लघुवित्तले राख्यो ७५.५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

इन्फिनिटी लघुवित्तले राख्यो ७५.५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५ हजार कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७५ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

लाभांशको प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले डाक्यो एजीएम, ६.६९ लाख कित्ता एफपीओ निष्कासन गर्ने
STOCK MARKET

लाभांशको प्रस्ताव पारित गर्न नेशनल लघुवित्तले डाक्यो एजीएम, ६.६९ लाख कित्ता एफपीओ निष्कासन गर्ने

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले १० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत १६ गते धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्ट बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद...

कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कर्पोरेट डेभलपमेन्ट बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुले धारण गरेको ३ लाख ८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

यूनाइटेड अजोड इन्स्योरेन्सको ५२.५९३ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

यूनाइटेड अजोड इन्स्योरेन्सको ५२.५९३ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको ५२ हजार ५९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

एशियन लाइफ इन्स्योरेन्सको १६ औँ साधारण सभा सम्पन्न,लाभांश र हकप्रद पारित
STOCK MARKET

एशियन लाइफ इन्स्योरेन्सको १६ औँ साधारण सभा सम्पन्न,लाभांश र हकप्रद पारित

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १६ औं साधारण सभा आज सिमरास्थित होटल क्लासिकमा सम्पन्न भएको हो ।  उक्त सभाले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।  

सेयरबजारमा एशियन लाइफको झण्डै १ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा
STOCK MARKET

सेयरबजारमा एशियन लाइफको झण्डै १ अर्ब लगानी, सबैभन्दा बढी निफ्रामा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरबजारमा झण्डै एक अर्ब लगानी गरेको छ । प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० मा सेयरबजारमा ९७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।  आर्थिक वर्ष २०७८/७९ को तुलनामा भने कम्पनीले सूचीकृत सेयरमा लगानी ३४.२० प्रतिशतले घटाएको छ । सो आर्थिक वर्षमा कम्पनीले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ लगानी गरेको थियो ।...

लगातार तीन साता घटेको बजारको इचिमकूमा वियरिस मोमेन्टम, कस्तो रहला आगामी हप्ता ?
STOCK MARKET

लगातार तीन साता घटेको बजारको इचिमकूमा वियरिस मोमेन्टम, कस्तो रहला आगामी हप्ता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो ।  अघिल्लो साता २००५.८३ मा बन्द भएको बजार यो साता १९७२.०९ मा बन्द भयो । यो हिसावले यो साता सेयर बजारमा करिव ३४ अंकको गिरावट आयो । अघिल्लो साता पनि बजारमा ५६ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ११.६१ अर्बको कारोबार भयो ।बजारमा अघिल्लो साता १२.३३ अर्बबराबरको कारोबार भएको...

अपर हेवाखोला हाइड्रोले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

अपर हेवाखोला हाइड्रोले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १६ गतेका लागि साधारण सभा डाकेको हो ।  कम्पनीले गत आवका लागि कुनै प्रकारको लाभांश घोषणा गरेको छैन ।  उक्त सभामा गत आव २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष...

एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र हकप्रद पारित हुने
STOCK MARKET

एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र हकप्रद पारित हुने

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १६ औं साधारण सभा सिमरास्थित होटल क्लासिकमा बिहान ११ः३० बजे आयोजना हुन लागेको हो ।  उक्त सभाले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।  

कुमारी बैंक र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंक र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कुमारी बैंकको ६ लाख ४१ हजार २७५ कित्ता र सूर्योदय वोमी लघसवित्तको ६ हजार २०६ कित्ता सेयर बिक्रीमा राखिएको हो ।  यी सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

शिवम् सिमेन्टसको १४.२५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
STOCK MARKET

शिवम् सिमेन्टसको १४.२५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत पुस २७ गते सम्पन्न कम्पनीको ८ औँ वार्षिक साधारणसभाबाट पारित भएको १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो। 

रिडी पावरको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने
STOCK MARKET

रिडी पावरको हकप्रदमा आजदेखि खरिद आवेदन दिन सकिने

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयरको बिक्री आवेदन खुलाएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको हो ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले राख्यो नेपाल पुनर्बीमा र सीआईटीको २३.१२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोष(सीआईटी)को २३ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र सीआईटीको २ लाख ३९ हजार ३७ कित्ता गरी कुल २३ लाख १२ हजार ४८३ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । 

बजार घट्दा यी हुन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने कति बेचे ?
STOCK MARKET

बजार घट्दा यी हुन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने कति बेचे ?

काठमाण्डौं । साताको अन्तिम कारोबार दिन दोस्रो बजारमा करिव २९ अंकको गिरावट आएको छ । परिसूचक घटेपनि आज कारोबार भने वृद्धि भएको छ । आज बजार घट्दा १० ब्रोकरबाट उच्च खरिद–बिक्री भएको छ ।  आज उच्च बिक्री गर्नेमा नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ रहेको छ । यो ब्रोकरबाट १८ करोड ४८ लाख रुपैयाँबराबरको बिक्री भएको छ भने १३ करोड ८० लाख रुपैयाँबराबरको खरिद भएको छ । दोस्रो स्थानमा भिजन...

धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्षमा बोर्ड भित्रैबाट ३ जना आकांक्षी, नयाँ अध्यक्ष पाउन नयाँ वर्ष नै कुर्नुपर्ने !

काठमाण्डौ । नेपाल सरकारले फागुन १६ गते देखि १५ दिनको म्याद राखेर बोर्ड अध्यक्षको आवेदन माग गरेको छ । नयाँ अध्यक्षको छनौटको दौड सुरु भएसँगै सम्भावित आकांक्षीबारे अड्कलबाजी हुन सुरु भएको छ । यसपालि पनि १५ देखि २० जनाको आवेदन पर्ने सम्भावना रहेको जानकार बताउँछन् । बोर्ड अध्यक्षको आवेदन माग हुँदा बोर्ड भित्रैबाट पनि आवेदन पर्ने गरेको छ । तर अहिलेसम्म बोर्ड भित्रैबाट बोर्ड...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.