कुमारी बैंकको ८ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको ८ लाख कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।