सरकारले पूँजीबजारबाट एकैदिन उठायो १४.६५ करोड राजश्व, वियरिस बजारपछि कै उच्च
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दैनिक १५ अर्ब हाराहारीको कारोबार हुन थालेसँगै पूँजीबजारबाट सरकारले दैनिक करडौं राजश्व संलकन गर्न थालेको छ । विगत लामो समयदेखि सेयर बजारमा सुस्तता आएपछि सरकारको राजश्व खुम्चिदै गएको थियो । तर सत्ता समीकरण परिवर्तन भएर नयाँ सरकार र नयाँ अर्थमन्त्री आएसँगै सेयर बजारले गति लिन थालेपनि भने सरकारले पूँजीबजारबाट उठाउने राजश्व समेत...