हिमालयन उर्जाको १४.४६ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले १४ लाख कित्ता बढी सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो । कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद...