दशैंपछि खुलेको बजारले पहिलो दिन नै देखायो बुलिस संकेत(प्राविधिक विश्लेषण)
काठमाण्डौ । दशैंपछि खुलेको बजारमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । आजको क्याण्डललाई यसअघिका २ वटा क्याण्डलसँग मिलाएर हेर्दा नेप्सेमा मर्निङ स्टार बनेको देखिन्छ । मर्निङ स्टार प्याटर्न बन्दा पहिलो क्याण्डल रातो, दोस्रो क्याण्डल अनिर्णयको र तेस्रो क्याण्डल बुलिस प्रकृतिको बन्ने गर्छ । यी तीनवटा क्याण्डललाई मिलाएर हेर्दा पछिल्लो पल्ट नेप्सेमा मर्निङ स्टार प्याटर्न...