अरुण भ्याली हाईड्रोद्वारा निर्मित काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा
काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालन गरिरहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना पुनःसञ्चालनमा आएको छ । गत जेठ ३२ गते आएको बाढी–पहिरोका कारण क्षति पुगेको उक्त आयोजना फागुन २७ गतेदेखि बिहान ११.२० बजेदेखि पुनःसञ्चालनमा आएको हो ।