तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक राताम्य भएका छन् । जीवन बीमा समूह ३.०७ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.८३ प्रतिशतले...