सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ४.६९...