माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको छ ।