सुपर ट्रेन्ड र इचिमोकूमा बन्यो वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । आज सेयर बजार २५ अंकले घट्दा १० अर्ब बढीको कारोबार भएको छ । कारोबार तथा भोल्युममबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ । किनकी बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा इचिमोकूबाट नियाल्दा बजारमा बेसलाईनलाई कन्भर्जन लाइनले माथिबाट काटेको छ । ( हेर्नुहोस रातो एरो ) । यसले बजारमा बिक्री दबाब परेका देखिन्छ ।