नेप्सेमा रु.१.२५ खर्बको धितोपत्र सूचीकृत, साढे २० अर्बको बोनस सेयर
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सवा १ खर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार विभिन्न कम्पनीको साधारण सेयर, हकप्रद र बोनस सेयर गरी १ खर्ब २५ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको हो ।