प्राइम कमर्सियल बैंकको १२.४१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ,न्यूनतम आवेदन दिने कित्ता र मूल्य कति ?
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो । यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ ।