हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति तय
काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति पुनःतोकिएको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं वार्षिक साधारण सभा पुनः डाकेको हो । उक्त बैठकले आगामी जेठ २८ गते काठमाण्डौको कोटेश्वरमा रहेको केएम ब्याङक्वेटमा बिहान ९.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । यसअघि चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा...