डलर बलियो बनेसँगै सुनको मूल्य घट्यो, लगानीकर्ताको ध्यान फेडको ब्याजदरको निर्णयतर्फ
काठमाण्डौ । अमेरिकी डलर मजबुत बनेपछि मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.०५ प्रतिशत अर्थात ४२ डलरले घटेर प्रतिऔंस ४ हजार ४९ डलरमा कारोबार भईरहेको छ।यसअघि सोमबार सुनको मूल्य करिब १ प्रतिशतसम्म बढेको थियो।

