चर्कियो व्यापार-युद्ध: चीनले अमेरिकी वस्तुहरूमा ३४% महसुल लगाउने घोषणा
काठमाण्डौ । चीनले शुक्रबार घोषणा गर्यो कि उसले अप्रिल १० देखि लागू हुनेगरी अमेरिकाबाट आयात गरिने सम्पूर्ण वस्तुहरूमा ३४% प्रतिशोधात्मक महसुल (ट्यारिफ) लगाउनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापार युद्धलाई थप चर्काउँदै कदम चालेपछि चीनले त्यसको जवाफस्वरूप यस्तो निर्णय लिएको हो।