एयर इन्डियाको अर्को विमानमा पनि देखियो समस्या, हङकङबाट दिल्ली आउँदै गरेको उडान फिर्ता
काठमाण्डौ । सोमबार हङकङबाट दिल्ली आउँदै गरेको एआई ३१५ उडान प्राविधिक गडबडीका कारण फर्किएको छ । यो बोइङको ड्रीमलाइनर ७८७–८ विमान हो। विमान हङकङमा सकुशल अवतरण भएको छ ।उडानका क्रममा चालक दलका सदस्यले विमानमा प्राविधिक समस्या भएको आशंका गरेका थिए । यात्रुको सुरक्षालाई ध्यानमा राखेर विमानलाई हङकङ फर्काइएको थियो । एयर इन्डियाले यस घटनाको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान...